चलचित्रकर्मी कल्याण कोषको रकम १० करोड पुर्याउने लक्ष्य छ- दिपाश्री निरौला


गायिका दिपा नारायण झा, कलाकारहरु दिपकराज गिरि, दिपाश्री निरौला, निर्माल शर्मा र स्वस्तिमा खड्काले चलचित्रकर्मी कल्याण कोषमा आर्थिक सहयोग गरेका छन्। मंगलबार चलचित्र विकास वोर्डमा एक कार्यक्रमको आयोजना गर्दै कलाकर्मीले सहयोग रकम हस्तान्तरण गरेका छन्।

गायिका झाले ५ लाख १११ रुपैयाँ कोष संयोजक वसुन्धरा भुसाललाई प्रदान गरिन् । दीपकले १ लाख १११, दीपाश्रीले १ लाख १११, निर्मलले ५१ हजार १११ र स्वस्तिमाले ५१ हजार १११ आर्थिक सहयोग कोषलाई हस्तान्तरण गरेका हुन् । कोषको रकम १० करोड पुर्‍याउने लक्ष्य रहेको सदस्य तथा फिल्म निर्देशक समेत रहेकी दीपाश्रीले जानकारी दिइन् ।

सहयोगी हात अघि बढाउँदै गायिका झाले आफूले जीवन बिताएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । यही क्षेत्रले आफूहरुलाई यो उचाइमा पुर्‍याएको बताउँदै दीपाले नेपालप्रतिको माया बाँडिन् । दिपानारायण झा पोखराको एक सम्मानका लागि नेपाल आएकी थिइन्। उनको एउटा एल्बम विमोचन कार्यक्रमसमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्