रामबाबुसंग दयाहाङको अर्को सहकार्य , दशैमा ‘डिग्री माइला’ रिलिज हुने


दयाहाङ राई निर्देशनमा नाटक ‘डिग्री माइला’ चर्चित बन्यो। मण्डला नाटकघरमा ३ पटकसम्म यो नाटकको मन्चन भएको थियो। सोहि शिर्षकमा रहेको रामबाबु गुरुङ्गको निर्देशनमा तयार हुने गरि चलचित्र निर्माण हुने भएको छ। चलचित्र विकास बोर्ड बाट इजाजत लिएको चलचित्रमा दयाहाङ राई मुख्य भूमिकामा रहनेछन्।

दयाको साथमा चलचित्रमा पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायतको अभिनय रहनेछ। बाँसुरी फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्र दशैँमा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ। कमेडी ड्रमा जनरामा निर्माण हुने चलचित्रको सुटिङ्ग बैशाखबाट सुरु हुनेछ । चलचित्रमा नायिका तय भैसकेकी छैनन्।

प्रतिक्रिया दिनुहोस्