A vertical shot of the black cat in the dark darkness

बर्षा र पुष्पको ‘मन संग मन’ ट्रेलर


वर्षा शिवाकोटी र पुष्प खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘मन संग मन’ को ट्रेलर सार्वजनिक भएको छ। प्रेम, द्धन्द मिसिएको ट्रेलर रोचक छ। बर्षा र पुष्पको प्रेममा आउने उतार चढावको वरिपरि चलचित्र ट्रेलर घुमेको छ।

कैलाश राइको निर्देशनमा तयार भएको चलचित्र माघ २७ गतेबाट रिलिज हुदैछ। अरुण तामाङ निर्माता रहेको चलचित्रमा बुद्धि तामाङ्ग, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान लगायतको पनि अभिनय छ ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित चलचित्र सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ । चलचित्रमा पल शाह र पूजा शर्माको केमियो रोल रहेको छ।

प्रतिक्रिया दिनुहोस्