प्रदिपको ‘कामिनो’ मा बर्षा शिवाकोटी !


नायिका बर्षा शिवाकोटीलाई दिपक वोलीको निर्देशनमा तयार हुने चलचित्र ‘कामिनो’ को अफर पुगेको छ। व्यतिगत र व्यवसायिक जीवन दुवै उति राम्रो नचलेको चर्चा चलिरहेको अवस्थामा बर्षालाई ‘कामिनो’ को निर्माण टीमले अफर लिएर पुगेको हो। दुई जना नायिका रहने बताइएको चलचित्रको भूमिकालाई लिएर बर्षा सकारात्मक रहेको बुझिएको छ।

जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहने नेपालीको कथा बोल्ने चलचित्रलाई महेश दवाडीले लेखिरहेका छन्। यो चलचित्रको सुटिङ्ग ल्याटिन अमेरिकाका विभिन्न स्थानमा हुनेछ। एक्सेस नेपाल फिल्म्सको व्यनारमा निर्माण हुने चलचित्रमा प्रदिप खड्का मुख्य भूमिकामा रहेका छन्। बर्षाका केहि चलचित्र रिलिजको पर्खाइमा रहेका छन् भने विवाह पश्चात यो उनको पहिलो चलचित्र हुनेछ।

प्रतिक्रिया दिनुहोस्