श्रीकाली चौरबाट सुरु भयो गौरव र नम्रताको ‘नम्बरी सुन’ सुटिङ्ग


गौरव पहारी र नम्रता सापकोटा मुख्य भूमिकामा रहेको चलचित्र ‘नम्बरी सुन’ को सुटिङ्ग सुरुवात भएको छ । श्रीकाली चौरबाट क्यामेर अन गर्दै निर्माण टीमले सुटिङ्गको सुरुवात गरेको हो। राजु गिरिको निर्देशनमा तयार हुने चलचित्रमा गौरव र नम्रताका अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ ।

निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् । चलचित्रबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, रहनेछ ।

प्रतिक्रिया दिनुहोस्