आमा बनेपछी पहिलोपटक रनवेमा हिड्दै श्वेता खड्का


अभिनेत्री श्वेता खड्का केहि महिना अगाडी आमा बनिन्। छोरीलाई जन्म दिएपछि स्वेता पूर्ण पारिवारिक जीवन बिताईरहेकी छिन्। स्वेता आमा बनेपछि खासै सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। उनै श्वेता अव फेसन रनवेमा हिड्ने भएकी छिन्। मिलानो रनवेको दोश्रो सिजनमा उनि शोज टपरको रुपमा हिड्न लागेकी हुन्।

पहिलो सिजनमा उनि जजको रुपमा रहेकी थिइन्। मिलानो रनवेका आयोजक मिलानो श्रेष्ठले आफ्नो फेसबुक मार्फत यसको जानकारी गराएका हुन्।

यो पटक जजको रुपमा प्रशान्त ताम्राकार, सन्ध्या केसी, सोनम सुब्बा लिम्वु र आकाश श्रेष्ठ रहेका छन्। रनवेमा अडिसन मार्फत छानिएका मोडलको प्रस्तुति रहने छ। माघ २८ गते रनवेको आयोजना हुदैछ।

प्रतिक्रिया दिनुहोस्