A vertical shot of the black cat in the dark darkness

‘फुलबारी’: बलियो स्टारकाष्ट र प्रस्तुती बीच प्रचारमा छाएको सुस्तता


यहि शुक्रबार अर्थात् फागुन ४ गतेबाट चलचित्र ‘फुलबारी’ रिलिज हुदैछ। रामबाबु गुरुङ्ग निर्देशित चलचित्रको स्टारकाष्ट बलियो रहेको छ। चलचित्रको ट्रेलर दर्शकले रुचाएका छन् । केहि समय अगाडी नै चलचित्रको टिमले मोफसल यात्रा तय गरिसकेको छ। तर यो पटकको प्रचार निर्माण टिमले त्यो भन्दा अगाडी बढाउन सकेको छैन। मिडिया केन्द्रित प्रमोशन यो पटक शुन्य जस्तै बनेको छ। विपिन कार्की र अरुणा क्षेत्री मुख्य भूमिकामा रहेको चलचित्रले अवकाश प्राप्त शिक्षकको परिवारको उतारचढावको कथा बोल्छ। चलचित्रमा दयाहाङ्ग राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ्ग, अनुपम शर्मा, लोकेन्द्र लेखक लगायतका कलाकार पनि प्रमुख भूमिकामा रहेका छन्। कमल किशोर मालपानीको कथा र कन्सेप्ट रहेको चलचित्रलाई उपेन्द्र सुब्बाले लेखेका छन्।

चलचित्रको कथाबस्तु र प्रस्तुतीलाइ लिएर चलचित्रको टिम भने विस्वस्त रहेको छ । अभिनेता विपिन कार्कीले चलचित्र अहिलेसम्म हेरेको पारिवारिक कथा भन्दा फरक र विशेष रहेको बताउदै आएका छन्। विपिनले चलचित्रमा अवकाश प्राप्त ६० बर्षिय शिक्षकको भूमिका निर्वाह गरेका छन् । अभिनेत्री प्रियंका कार्कीले चलचित्र रामबाबु गुरुङ्गले निर्माण गर्दै आएका भन्दा फरक र बिशेष रहेको प्रतिक्रिया दिएकी छिन्।मनिष ढकाल निर्माता रहेको चलचित्रमा मनिराम पोख्रेल कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्