अनमोलको ‘जेरी अन टप’ को थिम पोष्टर, यस्तो छ सुटिङ्गको तयारी


सन् २०१४ मा रिलिज भएको चलचित्र ‘जेरी’ को नेम सिक्वेल चलचित्र ‘जेरी अन टप’ को थिम पोष्टर सार्वजनिक भएको छ। मंगलबार ‘भ्यालेन्टाइन डे’को अवसर पारेर हेमराज बिसीको निर्देशनमा तयार हुने चलचित्रको पोस्टरमा एक युवालाई ट्रेकिङ गरिरहेको देखाइएको छ । थिम पोष्टरमा कलाकारको अनुहार चिन्न नसकिने अवस्थामा प्रस्तुत गरिएको छ।

जेरीको नेम सिक्वेल चलचित्रमा पनि दर्शकले अनमोल केसी र आना शर्माको जोडी निर्माण टिमले पुन दोहोर्याएको छ। यी दुईको साथमा पूर्णिका सिजापति मुख्य भूमिकामा रहेकी छिन्। उनको यो डेव्यु चलचित्र हो। चलचित्रमा अर्को एक नायकको पनि अभिनय रहनेछ। यसको लागि निर्माण टिमले अडिसन समेत खुलाएको थियो। चर्चित मोडल कुन्साङ्ग बोम्जोनसंग पनि निर्माण टिमले केहि चरण छलफल गरेको छ।अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको निर्माण रहने चलचित्रमा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले लगानी गर्नेछन्। चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक विसी र विश्वास तिमसिनाले लेखेका हुन् । अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लगायतका स्थानमा खिचिने चलचित्र फागुन अन्तिम साताबाट छायांकनमा जाने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्