प्रिमियरमा रुवाएको ‘फुलबारी’ हलमा रिलिज


रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘फुलबारी’ फागुन ५ गते शुक्रबार बाट रिलिज भएको छ। अभिभावक प्रति सन्तानको दायित्व र जिम्मेवारी बोध गराउने चलचित्रले प्रिमियरमा प्रशंसा बटुलेको छ। पारिवारिक कथावस्तुमा आधारित चलचित्रको प्रिमियरमा प्राय सवैका आँखा रसाएका थिए। बिहिबार आयोजना गरिएको चलचित्रको प्रिमियरमा उपस्थित अतिथि र संचारकर्मीले चलचित्रको खुलेर प्रशंसा गरेका छन्।

चलचित्रको सिंगो टिम नै चलचित्र हेरेर आफै भावुक भएको थियो। बिशेष गरि कबड्डी फेम्ड निर्देशक रामबाबु गुरुङले चलचित्रको इमोशनलाई कायम राख्न सफल भएका छन्। हाँसो, रोदन र जिम्मेवारी बोध गराउन सफल हुने चलचित्रको कथा कमल किशोर मालपानीले लेखेका छन्। उपेन्द्र सुब्बाको पटकथा रहेको चलचित्रको सवल पक्ष यसको संवाद, छायाकन र सगीत रहेको छ। कलाकार आफुले पाएको पात्रमा निकै फिट देखिएका छन्।

अवकास प्राप्त शिक्षकको भूमिकामा देखिएका विपिन कार्की चलचित्रको प्रण हुन्। उनले पात्रमा आफुलाई अब्बल रुपमा उभाएका छन्। अरुणा कार्कीले विपिनलाई चलचित्र भर दरिलो साथ दिएकी छिन्। दयाहाङ्ग राई, प्रियंका कार्की, शिल्पा मास्केले आफ्नो पात्रलाई न्याय गरेका छन्। सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ, गौमाया गुरुङ लगायतको अभिनय रहेको चलचित्रका कार्यकारी निर्माता मणिराम पोख्रेल हुन् । मनिष ढकाल चलचित्रको निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्