विकेन्डमा ‘फुलबारी’ लाई उत्साहजनक साथ, वर्ड अफ माउथ बलियो


फागुन ५ गतेबाट रिलिज भएको चलचित्र ‘फुलबारी’ ले विकेन्डमा दर्शकको राम्रो साथ पाएको छ। शुक्रबार रिलिज चलचित्रले शनिबार र आइतवारको सार्वजनिक विदाको राम्रो फाइदा उठाएको छ। लामै समय दर्शकको अभाव भोगेका चलचित्र घर र वितरकले दर्शकको साथ पाएका हुन्। शनिबार र आइतबार देशका विभिन्न हलमा चलचित्रले हाउसफुल व्यापार गर्न सफल भएको हो।

रामबाबु गुरुङ्ग निर्देशित फ्यामेली ड्रामाले अभिभावक प्रति सन्तानको दायित्व बोध गराउने सन्देश बोकेको छ। विपिन कार्की, अरुणा कार्की, दयाहाङ्ग राई, प्रियंका कार्की, शिल्पा मास्के, अनुपम शर्मा, गौमाया गुरुङ्ग लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ। मनिष ढकाल निर्माता रहेको चलचित्रमा मणिराम पोख्रेल कार्यकारी निर्माता रहेका छन्। चलचित्रलाई दर्शकले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। वर्ड अफ माउथ राम्रो भएको कारण चलचित्रले दर्शकको राम्रो साथ बटुल्नेमा निर्माण टिम आशावादी रहेको छ।

प्रतिक्रिया दिनुहोस्