दिपेन्द्रको ‘नांगो गाउँ’ मा साम्राज्ञी, कर्मासंग जोडी


अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। दिपेन्द्र लामाको निर्देशनमा तयार हुने चलचित्र ‘नांगो गाउँ’ मा साम्राज्ञी संग कर्मा पनि जोडिएका छन्। सोमबार निर्माता र कलाकार बीच लिखित सम्झौता भएको छ। चलचित्रको कथावस्तु राम्रो लागेर जोडिएको दुवै कलाकारले जानकारी दिएका छन्।

चलचित्रमा दयाहाङ राई र मिरुना मगर यस अगाडी नै फाइनल भैसकेका छन्। यी कलाकारको अनुबन्धले चलचित्रको स्टारकास्ट निकै बलियो भएको छ। चलचित्रमा शिशिर बाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय रहने पक्का भैसकेको छ। मनिष्मा फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा हिमाल शर्माको लगानी रहेको छ। आलोक शुक्लाले खिच्ने चलचित्र फागुन अन्तिम साता बाट फ्लोअरमा जानेछ।

प्रतिक्रिया दिनुहोस्