‘छक्का पन्जा ४’ को ओपनिङ्ग आक्रामक, कलाकार टोलि दिनभर हलमा


फागुन १९ गतेबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ४’ ले रिलिजको पहिलो दिन दर्शकको राम्रो साथ पाएको छ। बिहानी शोमा ७०-८० प्रतिशत अकुपेन्सी देखिएको चलचित्रको दिवा र सन्ध्याकालीन शोमा शतप्रतिशत दर्शकको उपस्थिति देखिएको छ। देशभरका मल्टिप्लेक्समा दर्शकको उपस्थिति उल्लेख्य रहेको छ ।

शनिबारको बुकिङ्ग आक्रामक देखिएको छ। यसरी हेर्दा चलचित्रको ओपनिङ्ग दुई दिनको कलेक्सन उच्च हुने देखिएको छ। चलचित्रका कलाकारको टिम बिहान बाट नै दर्शकलाई भेट्न हलसम्म पुगिरहेका छन् । दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे माग्ने बुढा, राजा आचार्य लगायतको टीम राजधानीका विभिन्न हलमा पुगिरहेका छन्।

हेमराज बिसी निर्देशित चलचित्रले राजनीतिक पृष्ठभूमिलाई मुख्य विषयबस्तु बनाएको छ। चलचित्र हेरेर निस्किएका दर्शकको सकारात्मक प्रतिक्रियाले वर्ड अफ माउथ राम्रो बन्नेछ। चलचित्र लामो समय हलमा चल्ने आंकलन यतिबेला गरिएको छ।

प्रतिक्रिया दिनुहोस्