A vertical shot of the black cat in the dark darkness

अष्ट्रेलियामा एलिना चौहानको प्रेम चर्चा


नेपाली दर्शक श्रोता माझ गायिका एलिना चौहान लोकप्रिय रहेकी छिन्। सयौ गीत उनले सुपरहिट दिएकी छिन्। पछिल्लो समय उनको ‘धोकेबाज हौ तिमी’ चर्चामा रहेको छ। केहि बर्ष अगाडी सार्वजनिक भएको यो गीत एलिनाका स्टेज कार्यक्रमका कारण चर्चामा रहेका छन्। दर्शकले उनलाई यो गीतका लागी असिम प्रेम दिएका छन्।

उनै एलिनाको प्रेम चर्चाले यतिबेला समाजिक संजाल गर्माएको छ। एलिना यतिबेला अष्ट्रेलियामा रहेकी छिन्। अष्ट्रेलियामा नै बस्ने विष्णु सापकोटाको प्रेममा उनि रहेको चर्चा छ। दुवैका टिकटक भिडियोले यतिबेला सामजिक संजालमा दरिलो उपस्थिति जनाएका छन्। दुवैको जोडीलाई एलिनाका शुभचिन्तकले शुभकामना दिईरहेका छन्। दुवैका नजिकका साथीका कमेन्टले पनि प्रेम सम्बन्धलाई थप चर्चामा राखेको छ।
बिष्णु र एलिनाले ‘बाजा तालमा’ बोलको गीतमा संगै सहकार्य समेत गरेका छन्। यहि गीतको समयमा बिष्णु नेपाल आएका थिए। बिष्णुको शब्दमा एलिनाले गीत समेत गएकी छिन्।

प्रतिक्रिया दिनुहोस्