‘प्रकाश’ बाट प्रदिपले जिते उत्कृष्ट अभिनेताको अवार्ड


‘प्रेमगीत’ पश्चात नायक प्रदिप खड्काको चर्चा उचाइमा रहेको छ । केहि चलचित्र निर्माण र अभिनय गरेर सफलताको स्वाद चाख्न नपाएका प्रदिप सुदर्शन थापा निर्देशित चलचित्र मार्फत नेपाली रजतपटमा उदाए । चकलेटी नायकको रुपमा उदाएका प्रदिपले करियरको केहि समयमा नै आनो अभिनयमा परिक्षण गरे । दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ मा उनी फरक भूमिकामा प्रस्तुत भए । विकास सुवेदीले लेखेको कथामा उनले प्राण भर्न कोसिस गरे । अभिनय क्लास लिएर पात्रलाई आफू भित्र जीवन्त राख्न निरन्तर लागिरहे । प्रकाशको पोष्टर र ट्रेलर रिलिजपछी प्रदिप र दिया मास्केको चर्चा चुलियो । रिलिजपछी दर्शक र समिक्षाले सकारात्मक प्रतिक्रिया दिए ।

तस्विर : सुरेन्द्र थापा ‘स्माइल’

यहि चलचित्रबाट प्रदिपले उत्कृष्ट अभिनेताको अवार्ड जिते । काठमाण्डौमा सम्पन्न छैटौ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रदिप र दियाले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जिते । प्रदिपले उत्कृष्ट अभिनेताको रुपमा पाएको यो पहिलो अवार्ड हो। उनले यस अगाडी स्टार भनेर केहि अवार्ड पाएका थिए। अवार्ड जितेपछी प्रदीपले संक्षिप्त प्रतिक्रिया दिदै आफु उत्साहित र अच्चमित रहेको बताए। आफुले ७/८ बर्षको अभिनय करियरमा कुनै चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड नजितेको उनले सुनाए । ‘यतिका बर्षको करियरमा मैले उत्कृष्ट अभिनेताको अवार्ड जितेको थिइन्। निफ जस्तो समीक्षात्मक हिसावले हेरिने चलचित्र महोत्सवमा अवार्ड पाउँदा हर्षित छु । प्रकाश गर्दा डर र उत्साह बीच गरेको थिए। दर्शकको साथ र यो अवार्डले पक्कै मलाई उत्साहित बनाएको छ । ‘

प्रतिक्रिया दिनुहोस्