दया र मिरुनाको ‘जारी’ ट्रेलर


दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्र ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ। बैशाख १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ । टिजर रिलिज पश्चात चर्चामा रहेको चलचित्रको ट्रेलर आकर्षक बनेको छ । विशुद्ध लिम्वू संस्कृतिको वरिपरी चलचित्रको ट्रेलर घुमेको छ।


रामबाबु गुरुङ्गले निर्माण गरेको चलचित्रमा दया र मिरुनाको साथमा विजय बराल, प्रेम सुब्बा, रोयदिप श्रेष्ठ, रेखा लिम्बू, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। शैलेन्द्र डी कार्कीले खिचेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्