‘पशुपति प्रसाद २ : भस्मे डन’ मा यस्तो छ विपिन र स्वस्तिमाको लुक्स


घोषणा संगै बहुप्रतिक्षित बनेको चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ को सुटिङ्ग यतिबेला धमाधम भैरहेको छ। दिपेन्द्र के खनाल निर्देशित चलचित्रको पशुपति आसपासका क्षेत्रमा सुटिङ्ग भैरहेको छ।

केहि दिन अगाडी चलचित्रको सुटिङ्ग सेट बाट नायक विपिन कार्कीको लुक्स बाहिरिएको थियो। चलचित्रमा उनी भष्मे डनको रुपमा देखिदैछन्। अभिनेत्री स्वस्तिमा खड्काको लुक्स पनि निर्माण टिमले सार्वजनिक गरेको छ। सार्वजनिक लुक्समा स्वस्तिमा दुर्गा माताको अवतारमा देखिएकी छिन्।

तस्विर : सुरज धामी

शनिवार पशुपति क्षेत्रमा स्वस्तिमाको साथमा विपिन कार्की र सौगात मल्लको दृश्य खिचिएको थियो। सार्वजनिक पोष्टरले अभिनेत्री खड्काको क्यारेक्टरलाई लिएर कौतुहलता थप्ने पक्का देखिन्छ। खगेन्द्र लामिछानेको लेखन तथा लगानीमा चलचित्र निर्माण हुदैछ।

प्रतिक्रिया दिनुहोस्