कार्तिक ३ मा प्रकाश र केकीको ‘परदेशी २’ रिलिज तय


चलचित्र ‘परदेशी २’ ले २०७९ को दशैँलाई प्रदर्शन मिति लक्षित गर्दै प्रचार सुरुवात गरेको थियो। तर यो मितिमा चलचित्रको भीड लागेपछि फागुन ५ मा सरेको थियो। फागुन ५ बाट पनि पछी हटेको चलचित्र अब २०८० को दशैँमा ( कार्तिक ३) गतेबाट प्रदर्शन हुने भएको छ। निर्माण टीमले एक भिडियो सामग्री सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति कार्तिक ३ लाई पुर्याएको हो। कार्तिक ४ गते फूलपाती रहेको छ ।

सोहि दिन बाट दशैँ विदा सुरु हुने भएकाले निर्माण टिमले कार्तिक ३ लाई रिलिज मिति तोकेको हो। चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, बर्षा शिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, सुशील पोखरेल, सविन बास्तोला,देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको अभिनय रहेको छ। नारायण रायमाझीले चलचित्रको निर्देशन गरेका हुन्। अव कार्तिक ४ मा दुई सफल चलचित्रका नयाँ शृंखलाको भिडन्त हुने देखिएको छ। छायाकनरत चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ ले सोहि मितिमा रिलिज घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्