पहिलो सहकार्यमा नै जमेको प्रियंका र प्रकाशको जोडी (फोटोफिचर)


अभिनेत्री प्रियंका कार्की र गायक तथा मोडल प्रकाश सपुतको एक गीत यतिबेला चर्चामा रहेको छ। हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा रहेको ‘काउली’ बोलको गीत यतिबेला सामाजिक संजालमा चर्चित रहेको छ। गीतमा हरिवंशलाई शान्तिश्री परियारले साथ दिएकी छिन्।


गीतको भिडियोमा प्रकाश सपुत र प्रियंका कार्की फिचर रहेका छन्। प्रियंका र प्रकाशले पहिलोपटक संगै सहकार्य गरेका थिए। दुवै पहिलोपटकको सहकार्यमा निकै उत्साहित रहेका थिए। हाम्रो टिम सुटिङ्ग स्थलमा पुग्दा प्रियंका र प्रकाश नाचिरहेका थिए। कोरियोग्राफर गम्भीर बिष्ट दुवैलाई नचाउन व्यस्त रहेका थिए।

प्रियंका र प्रकाशले दुवैले पहिलो सहकार्य जस्तो नलागेको र काम गर्न एकदम नै सहज भएको प्रतिक्रिया दिएका थिए। भिडियोको निर्माण र निर्देशन सरोज ओलीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्