‘नांगो गाउँ’ मा साम्राज्ञीसंग रोमान्टिक कार्म, काभ्रेबाट सुटिङ्ग सुरु


दिपेन्द्र लामाको निर्देशनमा तयार हुदै गरेको चलचित्र ‘नांगो गाउँ’ को सुटिङ्ग गएको साता बाट सुरुवात भएको छ। काभ्रेको बेथानचोकमा चलचित्र को सुटिङ्ग सुरुवात भएको हो।

निर्माण टीमले सार्वजनिक गरेको एक पोस्टरमा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहसंग अभिनेता कार्म रोमान्टिक देखिएका छन्। विदा मनाउन विदेश पुगेकी साम्राज्ञीले केहि दिन अगाडी सुटिङ्ग सेट ज्वाइन गरेकी हुन्।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर पनि चलचित्रको सुटिङ्ग ज्वाइन गर्न पुगेका छन्। मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा हिमाल शर्माले लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्