‘शिरको नाम्लो’ मा संचितालाई फकाउँदै धिरेन र सरोज


गायिका रानी शाक्यको आवाजमा रहेको नयाँ गीत ‘शिरको नाम्लो’ सार्वजनिक भएको छ। राजेश शाक्यको शब्द, सिडी विजयी अधिकारीको संगीत रहेको गीतमा रानीलाई गायकद्धय सिडी विजयी अधिकारी र प्रताप दासले स्वरमा साथ दिएका छन्।

प्रहिल कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियोमा सरोज खनाल , धिरेन शाक्य र संचिता लुइँटेल फिचर रहेका छन्। सुरेन्द्र बसेलको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई रमाइलो हिसावले प्रस्तुत गरिएको छ।

संचिताको लागि सरोज र धिरेनको झगडा र नोकझोक भिडियोमा देखिएको छ। उत्तम हुमागाइको छायांकन रहेको भिडियोमा माधव बेलबासेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्