यथार्थको कथा बोकेको पिडादायी नाजिरको ‘तुईन पारी’


कमल खत्रीको स्वर, शब्द र संगीत रहेको ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक भएको छ। निकै मिठो सुनिएको अडियोलाई निर्देशक हरि हुमागाई र उनको टिमले भिडियो निकै अब्बल बनाएका छन्। वैदेशिक रोजगारमा गएर घर फर्किएको एक युवाले घर फर्कदा श्रीमती गुमाएको पिडा भिडियोमा प्रस्तुत गरिएको छ।

निकै मर्मस्पर्शी गीतको भिडियोमा नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईं फिचर रहेका छन्। भिडियोमा नाजिरको अभिनय अब्बल रहेको छ। उनले विकट गाउँको युवा पात्रलाई आफुमा मज्जाले ढल्न सफल भएका छन्। नाजिर हुसेनले भिडियोको कथा तथा पटकथा लेखेका छन् ।

गीतको भिडियोलाई हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् । भिडियोमा डिओपी तथा सम्पादन निर्देशक हुमागाँइकै रहेको छ भने उत्तम हुमागाँईको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्