केशवलाई संझिएर उषालाई ‘निन्द्रा लाग्दैैन’


हरि क्रियशनको प्रस्तुतिमा तयार भएकोे ‘निन्द्रा लाग्दैन’ बोेलकोे गीतकोे भिडियोे रिलिज गरिएकोे छ । योे गीतमा हरिप्रसाद गौतमकोे शब्द, सन्तोष रुचालकोे संगीत, रचना रिमाल र सन्तोेष रुचालकोे स्वर छ । रोेमान्टिक शैैलीमा तयार पारिएकोे यो गीतमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपकोे नृत्य हेर्न सकिन्छ ।

भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा सफल मानिएका चन्दकोे निर्देशनमा तयार भएकोे भिडियोेले दर्शक नचाउने अपेक्षा गरिएकोे छ । शिलन लम्सालकोे सम्पादनमा तयार भएकोे भिडियोेमा सागर पौैडेलकोे छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्