चलचित्र बिकास बोर्डले ‘छक्का पन्जा ४’ को गलत कमाई सार्वजनिक गरेको भन्दै दिपकको आक्रोश


चलचित्र ‘छक्का पन्जा ४’ हलमा प्रदर्शनरत रहेको छ। यो बर्षको सर्वाधिक कमाई गर्ने चलचित्रमा दोश्रो स्थानमा रहेको छ। रिलिजको समयदेखि नै दर्शकको अत्याधिक साथ पाएको चलचित्रले अहिलेसम्म आफ्नो यकिन कमाई सार्वजनिक गरेको छैन। चलचित्र विकास बोर्डले यो बर्ष प्रदर्शन भएका सम्पूर्ण चलचित्रको कमाई सार्वजनिक गरेको छ। चलचित्र विकास बोर्डले चलचित्रको कमाई सार्वजनिक भएपछी निर्माता र वितरकले दिएको डाटासंग यतिबेला तुलना हुन थालेको छ। बक्स अफिस सिस्टममा प्राप्त डाट नै यकिन कमाई डाटा नभए पनि २०-४० लाख भन्दा फरक भने नपर्ने बताइन्छ।

विकास बोर्डको सार्वजनिक डाटामा चलचित्र ‘छक्का पन्जा ४’ को हालसम्मको कमाई १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैया रहेको उल्लेख छ। वितरकले चलचित्रले ३ हप्तामा नै १८ करोड बढी ग्रास गरेको आंकडा मिडियालाई दिएका थिए। यसो भएपछि दुई पक्षको कमाईको डाटामा झन्डै ३ करोड बढीको फरक आएको छ। अझ सातौ हप्ताको नजिक पुगेको चलचित्रले झन्डै २० करोड ग्रस काटेको आंकलन चलिरहेको छ।

चलचित्र विकास बोर्डले कमाईको डाटा सार्वजनिक गरेपछि निर्माता तथा कलाकार दिपकराज गिरि आक्रोशित बनेका छन्। चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी विरुद्ध पनि उनको स्टाटस देखिएको छ। फेसबुकमा गिरि लेख्छन् ,’ चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ। यो अध्यक्ष आए पछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा..’

प्रतिक्रिया दिनुहोस्