A vertical shot of the black cat in the dark darkness

कम शो पाएको ‘बुलाकी’ लाई दर्शकको साथ


बैशाख १ गतेबाट रिलिज भएको चलचित्र ‘बुलाकी’ लाई मल्टिप्लेक्सहरुले निअकि कम शो दिएका छन्। रिलिज भएका ३ चलचित्रमा न्यून शो पाएको चलचित्रलाई पाएका शोमा दर्शकले साथ दिएका छन्। बिहानीको शोमा औषत व्यापार गरेको चलचित्रको दिउँसोबाट दर्शकको अकुपेन्सी राम्रो रहेको छ। नेपालगन्जमा शुक्रबार एक शो मात्र पाएको चलचित्रको अकुपेन्सी शत प्रतिशत रहेको थियो। दर्शक टिकट नपाएर फर्किएको निर्माण टीमले जानकारी दिएको छ ।


क्यूएफएक्स चेन अन्तर्गतको सिभिल, लाबिम, छाया सेन्टर, भक्तपुर लगायतका हलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको थियो। कर्णालीको कथा बोलेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन्। चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्ट मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्