सुटिङ्ग सेटमा छोरीसंग प्रियंकाको खुशी (फोटोफिचर)


अभिनेत्री प्रियंका कार्की पछिल्लो समय सक्रिय रहेकी छिन्। आमा बनेपछि उनको कामको व्यस्तता झन् चुलिएको छ। म्युजिक भिडियो , रियालिटी शो, टेलिभिजन शो देखि चलचित्र सम्म उनि व्यस्त रहेकी छिन्।

लगातार सुटिङ्गमा व्यस्त रहेकी प्रियंकाको एक सुटिङ्ग सेटमा हामी पुगेका थियौ। देश प्रेमको भाव बोकेको मेलिना राईको स्वरमा रहेको एक गीतमा प्रियंकालाई कोरियोग्राफर कविराज गहतराजले नचाईरहेका थिए।

दिनभर सुटिङ्गमा व्यस्त रहेकी प्रियंकालाई भेट्न उनकी छोरी साँझ तिर आएकी थिइन्। छोरीको आगमनले प्रियंका झनै उत्साहित देखिएकी थिइन्। प्रियंकाकी छोरिको चन्चलताले सुटिङ्गको माहोल रमाइलो बनेको थियो। एमएनएम नेपालका फोटोग्राफर धिरज गुरुङ र मिलन ढुंगानाले प्रियंका र छोरीका तस्विर र भिडियो कैद गरेका थिए।

प्रतिक्रिया दिनुहोस्