आक्रामक ओपनिङ्ग गरेको ‘जारी’ पाइरेसीको मारमा, निर्माताले दिए उजुरी


पछिल्लो समय हलमा रिलिज भएका चलचित्र रिलिज भएकै दिन बाट टिकटक र युट्युवमा भेटिने गरिन्छ। बिशेष गरि सामाजिक संजाल टिकटक प्रयोगकर्ताले सिलसिला बद्ध रुपमा नै चलचित्रका दृश्यहरु काटेर टिकटकमा अपलोड गर्ने गर्दछन्। यसो गर्दा चलचित्रको मुख्य निर्माता सिधा मारमा पर्ने गर्छन्। अझ नेपालमा रहेको पाइरेसी सम्बन्धी कानुनको जानकारी नहुदा झन् बढी समस्या आएको छ।

यस्तै मारमा परेको छ चलचित्र ‘जारी’। बैशाख १ गतेबाट रिलिज भएको चलचित्रले २ दिनमा ४ करोड माथिको ग्रस व्यापार गरेको छ। तर यो चलचित्रका अधिकांश दृश्य टिकटक र युट्युवमा भेटाउन सकिन्छ।

टिकटक, युट्युब र फेसबुकमा चलचित्रका दृश्यहरु हाल्ने क्रम बढेपछि ‘जारी’का निर्माताले नेपाल प्रहरीको साइबर ब्यूरोमा अनुसन्धानका लागि उजुरी हालेका छन् । आइतबार निर्माता मणिराम पोखरेलले हलबाट चलचित्र खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिँदा आर्थिक क्षति भएकाले अनुसन्धान गरेर क्षतिपूर्ति माग गर्दै साइबर ब्यूरोमा उजुरी हालेका हुन् ।
नेपालका अधिकांश चलेका चलचित्रहरु दृश्य पाइरेसीको मारमा परिरहेका छन्। तर साइबर ब्युरोले कडा कदम चाल्न नसक्दा पाइरेसीको क्रम झन् बढिरहेको छ।

उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको जारीमा दयाहाङ्ग राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्