दयाहाङ राई र नायिका मिरुना मगरको आकर्षक जोडी (फोटोफिचर)


अभिनेता दयाहाङ राई र नायिका मिरुना मगरको जोडी दर्शकले रुचाएका छन्। ‘कबड्डी ४’ मा पहिलोपटक देखिएको जोडी अभिनित ‘जारी’ चलचित्र यतिबेला हलमा आक्रामक रुपमा चलिरहेको छ। दुई दिनमा ४ करोड बराबरको ओपनिङ्ग गरेको चलचित्र मिरुना र दयाले सुटिङ्ग गरेको पहिलो चलचित्र हो।

दया र मिरुना ‘नाङ्गो गाउँ’ चलचित्रमा पनि सहकार्य गरिरहेका छन् । दया र मिरुना दुवैका लागी बर्ष २०८० को सुरुवात दमदार बनेको छ। केहि सफलताको स्वाद चाखेकी मिरुनाको करियार द्रुत गतिमा अगाडी बढ्ने सम्भावना बढेको छ। राम्रो अभिनय र शालीन अभिनेत्रीको रुपमा मिरुनाले छाप छाड्दै आएकी छिन्।

दयाका लागी बर्ष २०७९ सुपरहिट बन्यो। २०८० पनि त्यस्तै बन्ने आंकलन गरिएको छ। ‘जारी’ प्रिमियरमा दया र मिरुना लिम्बू संस्कृति झल्काउने पहिरनमा पुगेका थिए। मिडियालाई खुलेर पोज दिएका दुवैको जोडी आकर्षक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्