‘नम्बरी सुन’ को नयाँ पोष्टरमा कलाकारको क्यारेक्टर लुक्स


भदौ १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ नम्बरी सुन’ ले नयाँ पोष्टर सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको नयाँ पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ र किरण नेपाली प्रस्तुत गरिएको छ । नारायण खातीको कथा तथा प्रस्तुती रहेको चलचित्रलाई राजु गिरिले निर्देशन गरेका छन्। चलचित्रमा शिवम अधिकारीको पटकथा र संवाद रहेको छ ।

शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा जेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतको पनि अभिनय छ ।

रा सरोज खाती, सविन खाती र मनोज रिजाल लगानी रहेको चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्