‘नाङ्गो गाउँ’ को अष्ट्रेलिया राइट्स बिक्रि


अभिनेता दयाहाङ राई र नायिका मिरुना मगरको जोडी पछिल्लो समयको सर्वाधिक सफल जोडी हो। ‘कबड्डी ४’ र ‘जारी’ दुई चलचित्रमा सहकार्य गरेको यो जोडीको तेश्रो चलचित्र छायांकनको क्रममा रहेको छ। दुई चलचित्र सुपरहिट दिएको यो जोडीको तेश्रो चलचित्र ‘नाङ्गो गाउँ’ को विदेश राइट्स विक्री हुन थालेको छ। छायांकन अगावै चलचित्रको अष्ट्रेलिया राइट्स विक्री भएको छ। एमएसएम इन्टरटेन्मेन्ट्सले चलचित्रको अष्ट्रेलिया राइट्स खरिद गरेको हो। भदौ २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन्।

साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देल लगायतको अभिनय रहेको चलचित्रमा जय श्रेष्ठको लगानी र हिमाल शर्माको प्रस्तुती रहेको छ। दया र मिरुना चलचित्र जारीको प्रदर्शनका लागी बेलायतमा रहेका छन्। दुवै फर्किएपछि चलचित्रको दोश्रो चरणको सुटिङ्ग सुरुवात तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्