निश्चल बस्नेतको बलियो टिमअप, खगेन्द्र, दयादेखी स्वस्तिमासम्म


निश्चल बस्नेतको कमब्याक निर्देशकिय चलचित्र ‘दिमाग खराब’ को लाइनअप बलियो बनेको छ । ६ बर्षपछी निर्देशनमा फर्कन लागेका निश्चलको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बराल मुख्य भूमिकामा रहनेछन् ।

यो निकै बलियो स्टारकास्ट हो। ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्ट्सको व्यानरमा बन्न लागेको चलचित्रको निर्माता रौनक विक्रम कंडेल र कार्यकारी निर्मता सुरज बम ठकुरी रहेका छन् । जेठ १ गतेबाट सुटिङ्गमा जाने तयारी गरेको चलचित्र कार्तिक २४ गते रिलिज हुदैछ । डेव्यु निर्देशनबाट चर्चा र सफलता चुमेका निश्चलको यो चलचित्रबाट सम्रग चलचित्र क्षेत्र र दर्शक आशावादी रहेका छन्। जनता र शक्तिको कथा भन्ने चलचित्रमा सुसन प्रजापतीको छायाकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्