बर्षको पहिलो रिलिज ‘जारी’ को कस्तो छ व्यापार ?


उपेन्द्र सुब्बाको निर्देशनमा बैशाख १ गतेबाट रिलिज भएको चलचित्र ‘जारी’ अहिलेसम्म हलमा प्रदर्शनरत रहेको छ । रिलिजको आजको दिनसम्म पनि हलमा सन्तोषजनक व्यापार चलचित्रले गरिरहेको छ। दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रले आक्रामक ओपनिङ्ग गर्न सफल भएको थियो।

लिम्बू संस्कृतिमा रहेको ‘जारी’ प्रथामा आधारित चलचित्रले समीक्षात्मक हिसाबले पनि सकारत्मक प्रतिक्रिया बटुलेको छ। रिलिजको २ दिनमै ४ करोड माथिको व्यापार गरेको चलचित्रले हालसम्म १५ करोड माथिको व्यापार गरेको आँकडा रहेको छ। यो बर्ष सर्वाधिक कमाई गर्ने चलचित्रमा ‘जारी’ अग्रणी स्थानमा रहने आंकलन समेत गरिएको छ। चलचित्रलाई रामबाबु गुरुङ्गले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्