‘प्रसाद २’ र ‘नाइँ न भन्नु ल ६’ को कमजोर व्यापार, मल्टीप्लेक्सबाट उत्रियो ‘नाइँ न भन्नु ल ६’


बर्ष २०८० को सुरुवाती महिना नेपाली चलचित्र क्षेत्र व्यापारिक हिसाबले अब्बल हुने मानिएको थियो। ‘जारी’ ले बैशाख १ गतेबाट आक्रमक सुरुवात गरेको नेपाली चलचित्र बजारलाई ‘नाइँ न भन्नु ल ६’ र ‘प्रसाद २’ ले अझ उछाल ल्याउने आंकलन गरिएको थियो। चलेको ब्राण्ड र कलाकारका कारण दुवै अपेक्षाकृत रहेका थिए। अझ सफल चलचित्रको सिक्वेल ब्राण्ड भ्यालु बोकेका चलचित्रले दर्शकको उल्लेख्य साथ बटुल्न सकेन। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको प्रसाद २ बक्स अफिसमा अझ अब्बल देखिने आंकलन गरिएको थियो। तर दुवै चलचित्र बक्स अफिसमा सफल हुन सकेनन्। नाइँ न भन्नु ल ६ देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स र अन्य मल्टिप्लेक्सबाट उत्रिसकेको छ भने प्रसाद २ लाई केहि शो प्राप्त रहेको छ। जारी चलचित्रले अझै उल्लेख्य शो प्राप्त गरिरहेको छ ।

पहिलो सप्तान्तमा नाइँ न भन्नु ल ६ ले २५ लाख र प्रसाद २ ले ७० लाख बारबारको व्यापार गरेको आंकडा रहेको छ। समीक्षात्मक हिसाबले नाइँ न भन्नु ल ६ अझ कमोजोर देखिएको छ । स्टारकास्ट र ब्राण्ड भ्यालुकै कारण चलचित्र हेर्न दर्शक आउछन् भन्ने भ्रम पनि चलचित्र मेकरलाई यसले तोडिदिएको छ। निर्माण घोषणा, सुटिङ्ग देखि रिलिज सम्म प्रसाद २ ले अनेक अड्चन खेप्यो। यसको सिधा असर व्यापारमा परेको आंकलन गरिएको छ। कमजोर प्रचार र प्रचार सामग्री सोचेजस्तो नहुँदा नाइँ न भन्नु ल ६ को इनिशियल व्यापार समेत कमजोर हुन पुगेको आंकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्