काभ्रेबाट सुरु भयो निश्चल बस्नेतको ‘दिमाग खराब’ सुटिङ्ग


‘दिमाग खराब’ चलचित्र मार्फत निर्देशनमा निश्चल बस्नेत कमब्याक गर्दैछन्। कार्तिकमा रिलिज तयारीमा रहेको चलचित्रको सुटिङ्ग काभ्रेको पांचखाल बाट सुरुवात भएको छ।

बुढानीलकण्ठ मन्दिरमा शुभसाइत गर्दै सोमबारबाट चलचित्र औपचारिक सुटिङ्ग सुरुवात भएको छ। ४० दिनको सेड्युल सहित सुटिङ्ग सुरुवात गरेको चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा र विजय बराल मुख्य भूमिकामा रहेका छन्। ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई सुसन प्रजापतिले खिचिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्