सनिश श्रेष्ठको स्वरमा रोमान्टिक अनु र सविनको प्रेम जोडी


अनु शाह र सविन श्रेष्ठको प्रेम जीवन खुल्ला किताब जस्तै रहेको छ। अनु र सविनको व्यक्तिगत जीवन जति रोमान्टिक रहेको छ व्यवसायिक सहकार्य पनि उस्तै प्रेमिल रहेको छ।

प्रेम जोडी अनु र सविनको अभिनय रहेको नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ। सनिश श्रेष्ठको स्वरमा रहेको ‘तिमि टाढा’ बोलको गीतमा लेखु सहयात्रीको शब्द र संगीत रहेको छ। भिडियोलाई सविन श्रेष्ठले निर्देशन गरेका छन्।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चिरायु शाक्यको छायांकन, वीरबहादुर थारुको सम्पादन र कलर रहेको छ।

प्रतिक्रिया दिनुहोस्