A vertical shot of the black cat in the dark darkness

‘नाङ्गो गाउँ’ को छायांकन सकियो, नेता अवतारमा दयाहाङ राई


दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ को छायांकन ३३ दिनमा सकिएको छ। मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र छायांकन काभ्रेको बेथानचोकमा सम्पन्न भएको छ।

निर्माण टीमले छायांकन सम्पन्न भएको जानकारी गराउदै चलचित्रका मुख्य कलाकार दयाहाङ राईको नेता क्यारेक्टरको तस्विर सार्वजनिक गरेको छ। निर्देशक लामाको नै निर्देशन रहेको चलचित्रमा दयाको साथमा मिरुना मगर, साम्राज्ञी राज्य लक्ष्मी शाह, कार्म, रविन्द्र झा, बुद्धि तामाङ्ग लगायतक कलाकारको अभिनय रहेको छ।

हिमाल शर्माको प्रस्तुती रहेको चलचित्रमा जय श्रेष्ठको लगानी रहेको छ । चलचित्र भदौ २९ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्