दया र मिरुनाको जोडीलाई वितरकको विश्वास , ‘नाङ्गो गाउँ’ अमेरिका र क्यानडामा सोल्ड आउट


दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ को विदेश माग उच्च रहेको छ। सुटिङ्ग सम्पन्न गरेर पोष्ट प्रोडक्सनको काममा रहेको चलचित्र भदौ २९ गतेबाट नेपालमा रिलिज हुदैछ। चलचित्रको फस्टलुक्स समेत सार्वजनिक निर्माण टिमले गरेको छैन। तर दयाहाङ राई र मिरुना मगरको हिट जोडीलाई विदेशीमा रहेका नेपाली प्रदर्शकले विस्वास गरेका छन्।

चलचित्रको अमेरिका तथा क्यानडाको राइट्स विक्री भएको छ। यो चलचित्र अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी शहरमा प्रदर्शन हुने निर्माणपक्षले बताएको छ ।

नेपाल इलेभेनले चलचित्रलाई दुइ देशमा रिलिज गर्दैछ । नेपाल इलेभेनका प्याट्रिक सुवेदीले अमेरिकामा अहिलेसम्म ४ सय भन्दा बढी शोको टुंगो लागिसकेको बताएका छन्। दया र मिरुनाको जोडी ‘जारी’ मा सुपरहिट बनेको छ। यहि जोडीको विश्वासलाई लिएर चलचित्रको विदेश माग उच्च बन्दै गएको छ।

चलचित्रमा दया र मिरुनाको साथमा कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हिमाल शर्माको प्रस्तुति रहेको चलचित्रमा जय श्रेष्ठको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्