हेटौडामा ‘नम्बरी सुन’ को प्रिमियर


भदौ १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’ को हेटौडामा प्रिमियर गरिएको छ। शनिबार हेटौडाको ओम्याक्स हलमा स्थानीय दर्शकको उपस्थितिमा प्रिमियर गरिएको थियो। चलचित्रका प्रस्तुतकर्ता नारायण खातीको जन्मथलो हेटौडामा चलचित्रको पहिलो प्रदर्शनी गरिएको हो। सुनको इतिहास र सुन बनाउने सुनारको पुरानो प्रचलनको कथा प्रस्तुत गरिएको चलचित्रलाई प्रिमियरमा दर्शकले रुचाएका छन्। राजु गिरिको निर्देशनमा तयार भएको चलचित्रमा सुनारलाई गाउँका काजीहरुले हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरिएको छ।


हेटौडामा भएको प्रिमियरमा निर्देशक गिरि , प्रस्तुतकर्ता खातीको साथमा कलाकार गौरव पहारी र किरण नेपाली उपस्थिति रहेका थिए । चलचित्र पत्रकारसंग नेपाल, मकवानपुर शाखाका उपाध्यक्ष श्रीराम अर्जुन, मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन शाक्य, कलाकार सुशान्त कुमार श्रेष्ठलगायतले चलचित्रको सफलताओ शुभकामना दिएका थिए ।
सरोज खातीम सविन खाती र मनोज रिजाल निर्माता रहेको चलचित्र मा नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ्ग, राजाराम पौडेल, विनोद न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्