बोल्ड मोनिकासंग रोमान्टिक पुष्प


सन्तोष सुनार र बिन्दु परियारको स्वरमा रहेको गीत ‘ओ मेरो राजा जी’ सार्वजनिक भएको छ। सन्तोषको शब्द सगीत रहेको गीतको भिडियोलाई विक्रम स्वारले तयार पारेका छन्। भिडियोमा पुष्प खडका र मोनिका बुढाथोकी फिचर रहेका छन्।

डान्सिङ्ग रोमान्टिक फ्लेभरमा तयार पारिएको भिडियोमा मोनिका हट अवतारमा प्रस्तुत भएकी छिन्। हट मोनिकासंग पुष्पले आफुलाई रोमान्टिक हिसाबमा प्रस्तुत गरेका छन्। जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्