A vertical shot of the black cat in the dark darkness

प्रदिप र नीतिको ‘कामिनो’ फिलिपिन्समा खिचिने, मेक्सिकोले भिषा दिएन


प्रदिप खड्का शिर्ष भूमिकामा रहेको चलचित्र ‘कामिनो’ को छायांकन सेड्युल र लोकेशन परिवर्तन भएको छ। मेक्सिकोको भिषा नलाग्दा अव ब्राजिल र मेक्सिकोको छायांकन रद्द भएको छ। निर्माण टिमले अव चलचित्रको छायांकन नेपाल र फिलिपिन्समा गर्ने भएको छ।

असार १५ गतेबाट चलचित्रको छायांकन सुरुवात गर्ने सोचमा निर्माण टिम रहेको छ। फिलिपिन्समा झन्डै १ महिनाको समय बसेर निर्देशक दिपक वली नेपाल फर्किएका छन्। हिडेर अमेरिका पुग्ने कथामा बन्ने चलचित्रको सुटिङ्ग अव फिलिपिन्समा हुनेछ। ब्राजिल र मेक्सिकोको जंगल र समुन्द्रमा केन्द्रित कथालाई अव फिलिपिन्सको जंगलमा खिचिनेछ।

असार १५ गतेबाट ४५ दिनको फिलिपिन्स सेड्युलमा छायांकन सुरुवात हुनेछ। अमेरिका प्रवेश गर्नुपर्ने बिषय नभएको कारण अमेरिका सुटिङ्गका लागि जानुपर्ने समस्या नरहेको निर्माण टिमले जानकारी दिएको छ। चलचित्रमा प्रदिपको साथमा नीति शाह, बर्षा शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ । सौगात मल्लले चलचित्र छाडीसकेका छन्।

प्रतिक्रिया दिनुहोस्