A vertical shot of the black cat in the dark darkness

पुजा देवकोटाको ‘हेल्लो सानी’ मा गौरव र एलिशा (भिडियो)


पूजा देवकोटाको आवाजमा रहेको नयाँ गीत ‘हेल्लो सानी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा पुजालाई विजय कार्कीले आवाजमा साथ दिएका छन्। गीतमा शब्द संगीत गायक कार्कीको नै रहेको छ। गीतको अडियोलाई सामजिक संजालको प्लेटफर्म टिकटक प्रयोगकर्ताले रुचाएका छन्। टिकटकमा यो गीतलाई रिलिजको तेश्रो दिन सम्म डेढ लाख बढी प्रयोगकर्ताले टिकटक बनाईसकेका छन्।

जनक देवकोटाको कन्सेप्ट र निर्देशनमा तयार भएको भिडियो युट्युवमा सार्वजनिक गरिएको छ। गीतको भिडियोमा गौरव हमाल, एलिशा बास्तोला , गायक कार्की र सुमित्रा तामाङ्ग फिचर रहेका छन्। भिडियोमा निर्देशक देवकोटाको छायाकन र सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्