व्यस्त सेड्युलको बीचमा दयाले गरे ‘कार्साङ’ साईन


अभिनेता दयाहाङ राई अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन्। उनको रिलिज र सुटिङ्गको सेड्युल मिलाउन उनलाई हम्मे हम्मे पर्ने गर्दछ। सुटिङ्ग सेट बाट चलचित्रको प्रमोशन देखि प्रिमियर सम्म समय मिलाउन उनलाई निकै सकस परिरहेको छ। यो बर्ष उनको ‘जारी’ र निरफुल’ रिलिज भैसकेका छन् । ‘जारी’ सुपरहिट बनिसकेको छ भने ‘निरफुल’ प्रदर्शनको क्रममा रहेको छ। ‘नांगो गाउ’ को सुटिङ्ग सम्पन्न गरेका छन् भने ‘दिमाग खराब’ को सुटिङ्ग यतिबेला चलिरहेको छ। यो लगत्तै उनी ‘हात्तीछाप’ मा व्यस्त रहने चर्चा रहेको छ।


व्यस्त सेड्युलको बिचमा दया नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। यम शेर्पाको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र ‘कार्साङ’ मा उनी अनुबन्धित भएका छन्। यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रमा अहिलेलाई दया मात्र फाइनल भएका छन्। अन्य कलाकार अडिसन मार्फत छान्ने तयारीमा निर्माण टिम रहेको छ। केहि हप्तामा नै औपचारिक घोषणाको तयारीमा रहेको चलचित्र बाह्रबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा सुटिङ्ग गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्