A vertical shot of the black cat in the dark darkness

‘मायावी’ मा आशिर्वाद र दीपिकाको जोडी


‘नाइँ न भन्नु ल ६’ डेव्यु नायक आशिर्वाद क्षेत्रीका लागी पहिलो चलचित्रको व्यापार र समिक्षा सम्झनलायक रहेन। तर उनको उपस्थिति नेपाली चलचित्र क्षेत्रमा दरिलो बन्ने सम्भावनाको ढोका भने खुल्यो। उनै आशिर्वाद नयाँ चलचित्रमा अनुबन्धित भएका छन्।

दीवाकर भट्टराईको निर्देशनमा तयार हुने लभ स्टोरी चलचित्र ‘मायावी’ मा आशिर्वाद र दिपिका प्रसाईको जोडी बाधिएको छ। निर्देशक भट्टराईले कोभिडभन्दा अघि घोषणा गरेको चलचित्र ‘तिमीसँगै हुने मन छ’ छायांकन रोक्दै ‘मायावी’ घोषणा गरेका हुन्। असारपछि छायांकनमा जाने चलचित्रको सम्पूर्ण छायांकन पोखरामा हुने बताइएको छ। २ करोड अनुमानित बजेट रहेको चलचित्रमा दीपिका र आशिर्वाद रोमान्टिक भूमिकामा रहेनछन् ।

प्रतिक्रिया दिनुहोस्