A vertical shot of the black cat in the dark darkness

हिरोइन लुकाउदै दयाहाङ पछि ‘कार्साङ’ बुद्धि तामाङ जोडिए


अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’ चाडै औपचारिक घोषणा गर्ने तयारीमा रहेको छ। यम शेर्पाको निर्देशनमा तयार हुने चलचित्रमा दयापछि बुद्धि तामाङ जोडिएका छन्। दया र बुद्धिको चलचित्र सहकार्य गज्जबको रहेको छ। दुवैले २० बढी चलचित्रमा सहकार्य गरिसकेका छन्।

यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको नायिका निर्माण टीमले अहिलेसम्म खुलाएको छैन। बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका खिचिने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। प्रधान चलचित्रमा निर्माताको रुपमा समेत रहेका छन्। सामाजिक कथामा बन्ने चलचित्रका कलाकार र प्राविधिक औपचारिक घोषणामा जानकारी दिने तयारीमा निर्माण टिम रहेको छ। तिहारपछि सुटिङ्गमा जाने तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्