पल र प्रदिप एकसाथ चलचित्रमा देखिदै, दिनेश राउतले निर्देशन गर्ने


नायक पल शाह र प्रदिप खड्का एकसाथ चलचित्रमा देखिने भएका छन्। पछिल्लो पुस्ताका चर्चामा रहने दुई अभिनेताको यो पहिलो सहकार्य हो। चलचित्रको कथा विकास सुवेदीले लेखिरहेका छन्। चलचित्रमा दुवै नायकको बराबर भूमिका रहने बताइएको छ।

सामाजिक विषयबस्तुमा निर्माण हुन लागेको चलचित्र भदौ बाट सुटिङ्गमा जाने तयारीमा रहेको छ । यहि चलचित्रको लागी नायक पल शाह अनुप बरालसंग अभिनय क्लास लिने तयारीमा रहेका छन्। नायक प्रदिप खड्काले पनि अनुपसंगै अभिनय क्लास लिएका थिए । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नेछन्। दिनेश र प्रदिपले चलचित्र प्रकाशमा संगै काम गरेका छन्। पल र दिनेशको यो पहिलो सहकार्य रहनेछ।

प्रतिक्रिया दिनुहोस्