रानी र प्रतापको ‘मेरो संसार; मा रोमान्टिक सुदित र निलम


रानी शाक्य र प्रताप दासको स्वरमा रहेको नयाँ गीत ‘मेरो संसार’ सार्वजनिक भएको छ। विना भट्टराईको शब्द रहेको गीतमा मिन गुरुङ्गको संगीत रहेको छ। मिठासपूर्ण रहेको गीतको भिडियोलाई पनि रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। सुदित श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा राजिभ समरको कोरियोग्राफी रहेको छ।

भिडियोमा सुदित श्रेष्ठ र निलम चन्दले अभिनय गरेका छन्। लुजा सिंहको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्