समिक्षा र सरोजको ‘चुम्दा मायाले’ , भिडियो बन्यो यस्तो


सरोज साजन श्रेष्ठ र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘चुम्दा मायाले’ सार्वजनिक भएको छ। लम्साल यादवको शब्द र अर्जुन पोख्रेलको संगीतमा गीत तयार भएको छ। निकै कर्णप्रिय अडियो बनेको छ। माइकल चन्दको निर्देशनमा तयार भएको भिडियोमा लेन जी, उषा उप्रेति र ललना चिमरियाले अभिनय गरेका छन्।

भिडियोमा तीनैजनाको केमेष्ट्री निकै आर्कषक देखिएको छ। माइकल स्टेप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफीमा तयार भएको भिडियोमा सिलन लम्सालको सम्पादन, नवराज उप्रेतिको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्