दयासंग निकिताको ‘राजागन्ज’, रामबाबु निर्माता दिपक निर्देशक


मिस नेपल २०१७ निकिता चान्डकले ‘साङ्लो’ चलचित्र मार्फत नेपाली रजतपटमा डेव्यु गरेकी थिइन् । विराज भट्टसंग स्क्रिन शेयर गरेकी निकिताको डेव्यु खासै सुखद भने रहेन। निकिता अव नयाँ चलचित्र मार्फत दर्शकसंग देखिने भएकी छिन् । ‘राजागन्ज’ चलचित्र मार्फत निकिता चलचित्रमा फर्किन लागेकी हुन्। ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दिपक रौनियारले चलचित्रलाई निर्देशन गर्नेछन्।

चलचित्रलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्नेछन्। चलचित्रमा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन्। पुलिस थ्रिलरको जनरामा राखिएको चलचित्रमा निकितासँगै दयाहाङ राई तथा आशा मंगरातीको प्रमुख भूमिका रहनेछ।
अभिनेत्री निकिताले दयाहाङ र आशाजस्ता दिग्गज कलाकारसँग अभिनय गर्न पाउँदा आफू उत्साहितसँगै र थोरै डरको महशुस गरिरहेको प्रतिक्रिया दिएकी छन्।


आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयूक्त प्रस्तुति रहने चलचित्रको सुटिङ जुलाइ २८ अर्थात साउन १२ गतेदेखि सुरु हुनेछ। चलचित्रमा ऋचा शर्मा, पशुपति शर्मा, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्