चाडै सुटिङ्गमा जाने ‘हात्तीछाप’ वर्कसपमा दया र उपासना, साउनमा सौगात जोडिने


आगामी बिहिबार देखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘हात्तीछाप’ को वर्कसप आइतबारदेखि सुरु भएको छ। वर्कसपमा चलचित्रका मुख्य कलाकार र टीम सहभागी रहेका छन्। दयाहाङ राई, उपासना सिंह ठकुरी, विजय बराल, कमलमणि नेपाल, किरण नेपाली लगायतको टीम सहभागी रहेको छ।

गएको बर्ष निर्माता किरण नेपालीले दया र उपासनासंग ‘दुई नम्बरी’ मा सहकार्य गरेका थिए। दया र उपासनाले चलचित्र ‘कबड्डी ३’ मा पनि सहकार्य गरेका थिए। सोसल ड्रामा जनराको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन्। चलचित्रमा प्रदिप भारद्वाजको पटकथा रहेको छ। कास्कीको ल्वाङ गाउँ र काठमाडौंमा छायांकन हुने चलचित्रको सुटिङ्गका लागी मुख्य अभिनेता सौगात मल्ल भने साउनमा मात्र सुटिङ्ग ज्वाइन गर्नेछन्। सौगात यतिबेला ‘अगत्स्य’ को सुटिङ्गमा व्यस्त रहेका छन्। चलचित्रमा विल्सनविक्रम राई, गौरव पहारी, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्