कस्तो छ मुख्य कलाकार सहितको ‘नाङ्गो गाउँ’ पोष्टर ?


भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘नाङ्गो गाउँ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख कलाकारहरु दयाहाङ राई, शिशिर बाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ र रविन्द्र झा प्रस्तुत पोष्टर राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठ निर्माता र राम श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेला छन् राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ, विशाल पहारी, निमा पाण्डे लगायतको अभिनय रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन , एसडी योगी र दीपक शर्माको संगीत रहेको छ । नेपालसहित एकै मितिमा अमेरिका र क्यानडासहित २२ भन्दा बढी राज्यमा चलचित्र एकसाथ प्रदर्शन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्