‘ऊनको स्विटर’ मा विपिन र मिरुनाको जोडी


आर्टमाण्डूको ब्यानरमा ‘ऊनको स्विटर’ निर्माण हुने भएको छ । चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा देखिँदै छन् ।


चलचित्रको टाइटल गीत सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रमा एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकारको अभिनय रहनेछ। नविन चौहानले निर्देशन गर्ने चलचित्रलाई चिन्तनराज भण्डारीले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्